सामान्य ख्यालख्यालमै गाइएको एउटा गीत सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा भाइरल बनेको छ। कुनै औपचारिक तयारीबिनै मोबाइल क्यामेरामा रेकर्ड गरिएको उक्त गीत छोटो समयमै मिलिएन भ्युज पुगेको छ।
रुकुम पश्चिमकी मिना परियारले गाएको छोटो भिडियो लाई १० लाख दर्शकले हेरेका छन्। भने ६३ हजारले लाईक गरेका छन्। त्यस्तै सेयर र प्रतिक्रिया पनि व्यापक रूपमा आइरहेका छन्।
गीतको सरल शब्द, सहज लय र गायकको स्वाभाविक प्रस्तुतिले दर्शकको मन छोएको देखिन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “सादा तर गहिरो भाव”, “मन छुने आवाज” भन्दै प्रशंसा गरिरहेका छन्।
आठबिसकोटका शिव केसी र मीनाले माघ १ गते रिम्नामा गाएको दोहोरीको टुक्का अहिले भाइरल बनेको छ। बिना तयारी रमाईलो गर्ने उदेश्यले बनाईएको उक्त भिडियो एकाएक भाइरल बनेको छ। मनोज बिष्ट क्षेत्री फेसबुक नामबाट अपलोड भएको उक्त भिडियो अहिले १ मिलिएन भ्युज पुगेको छ। सामाजिक सञ्जालले प्रतिभालाई चिनाउने माध्यम बन्दै गएको अर्को उदाहरणका रूपमा यो घटना हेरिएको छ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस् https://www.facebook.com/share/r/1GRDj2T6S5/