भक्तपुरमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्। आफ्नै श्रीमतीको हत्या आराेपमा भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमना कोठा भाडामा बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ३७ वर्षीय लनाम तामाङ श्रीमान पक्राउ परेका छन् ।
Advertisement
श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको हो । विवादका क्रममा तामाङले सिलौटो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।