• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु


  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आयोजनामा निःशुल्क खानेपानीको गुणस्तर परीक्षण शिविर सुरु भएको छ। सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले पुस २९ गते बाट उक्त शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ।खानेपानीसरसफाइ तथा स्वच्छता सुस्वा आयोजनाको सहजीकरण र आठबिसकोट नगरपालिकाको आयोजनामा शिविर पालिकामा पहिलो पटक सञ्चालन हुन लागेको हो।

    Advertisement

    शिविरको पहिलो दिन आठबिसकोट नगरपालिका उपप्रमुख धन कुमारी शाहीले उद्घाटन गरेकी हुन । शिविरमा नगरभित्र रहेका सम्पूर्ण खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ताहरूले आफूले प्रयोग गर्दै आएको पानीको नमुना ल्याई निःशुल्क परीक्षण गराउन सक्नेछन्।

    नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरण र आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। संविधानको धारा ३० अनुसार स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हक र धारा ३५ अनुसार स्वास्थ्यसम्बन्धी हक अन्तर्गत सुरक्षित खानेपानीको पहुँचलाई मौलिक अधिकारका रूपमा लिइएको छ। त्यसैगरी धारा ५१ अन्तर्गत राज्यले स्वच्छ खानेपानीको पहुँच विस्तार, पानी स्रोतको संरक्षण तथा दिगो व्यवस्थापन गर्ने नीति लिएको छ।

    यिनै संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि नेपाल सरकारले खानेपानी ऐन २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ लागू गरेको छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार नागरिकले प्रयोग गर्ने पानी पिउन योग्य छ कि छैन भन्ने कुरा विभिन्न वैज्ञानिक परीक्षण (पेरामिटर) का आधारमा निर्धारण गर्न सकिने सुस्वा आयोजनाका सुशासन बिज्ञ निराजन श्रेष्ठले जानकारी दिए।

    खानेपानीको गुणस्तर परीक्षण नहुँदा झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले नियमित परीक्षणलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। संविधानको अनुसूची ८ अनुसार खानेपानी तथा सरसफाइ स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले नगरपालिका तथा गाउँपालिकाहरूले पानीको गुणस्तर परीक्षण, अनुगमन तथा सुधार कार्यक्रम सञ्चालन गर्नु कानुनी दायित्व हो र यो निसुल्क पानी परीक्षण शिविर पुस २९ , ३० र माघ २ गते सम्म संचालन हुने सुस्वा आयोजनाका वास सल्लाकार प्रमोद लाल श्रेष्ठले जानकारी दिए।

    स्वच्छ र सुरक्षित खानेपानी नागरिकको मौलिक अधिकार हो। खानेपानीको गुणस्तर परीक्षणमार्फत पानी स्वास्थ्यका लागि सुरक्षित छ कि छैन भन्ने यकिन गर्न सकिन्छ। निमित्त प्रमुख प्रशासकीय इन्जिनियर राजेश गौतमले भने,यस किसिमका शिविरहरूले जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछन्। स्थानीय तहले आगामी दिनमा पनि नियमित रूपमा खानेपानी परीक्षण तथा सरसफाइसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”

    “नागरिकको स्वास्थ्य सुरक्षित राख्न खानेपानीको गुणस्तर अत्यन्तै महत्त्वपूर्ण छ। उपप्रमुख धन कुमारी शाहीले भनिन्, खानेपानीमा देखिएका समस्याको सुधार गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्ने उद्देश्यले आज खानेपानीको गुणस्तर परीक्षण शिविर सञ्चालन गरिएको उनले बताईंन् । यसबाट पानी सुरक्षित छ कि छैन भन्ने थाहा भई आवश्यक सुधारका कदम चाल्न सहयोग पुग्ने हुँदा पालिका भित्रका उपभोक्ताहरुले आफुले खानेपानीको गुणस्तर जाच्न आग्रह गरिन्।

    कणाली प्रदेशमा सुस्वा लागु भएका २८ ओटा पालिकामा निशुल्क पानी परीक्षण शिवार संचालन भैरहेको छ। पानीको गुणस्तर परीक्षणबाट पानी पिउन योग्य छ कि छैन भन्ने जानकारी प्राप्त हुने विश्वास लिइएको छ। नगरपालिकाले पानीको नमुना संकलन गर्दा सफा पारदर्शी बोतलमा करिब आधा लिटर पानी भरी नमुना ल्याउन र नमुना संकलन गर्नुअघि साबुन पानीले हात धुने, धारालाई सफा गर्ने लगायतका सावधानी अपनाउन अनुरोध गरेको छ। खानेपानीको गुणस्तर सुधार र जनस्वास्थ्य संरक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै नगरपालिकाले सबै सम्बन्धित उपभोक्ता, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थालाई सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रमा सुस्वा प्रतिनिधि उपप्रमुख धन कुमारी शाही, वडा अध्यक्षहरु ,निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम र उपभोक्ताहरुको सहभागीता रहेको थियो।

    बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.