आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर रहने अनुमान गरिएको छ ।
Advertisement
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै हुस्सु कायम रहनेछ ।
उपत्यकामा तुवालोले मौसम खराब भएको छ ।