वासना क्रियशनको प्रस्तुतिमा मन छुने वियोगान्त “देउता भने ढुङ्गा रहेछ ” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
चर्चित गायक कर्णदास को सुमधुर आवाजमा सजिएको गीतमा विम्वकवि रमेश श्रेष्ठको शब्द सृजना रहेको छ भने संगीत तथा एरेन्ज महिपाल लामाको छ ।
विभिन्न विधामा अत्यन्तै पोख्त साथै नेपाली कलाकारीता क्षेत्रमा निकै लामो समय देखि एक छत्र संघर्ष गर्दै हरेक विधामा आफ्नो उत्कृष्ट कला प्रदर्शन गरिरहेका निर्देशक मनोज बि.क. भावुकले निर्देशन गरेको उक्त गीतको भिडियोमा स्वयं मनोजको मुख्य भुमिकामा अभिनय रहेको छ भने साथसाथै सानू प्रधान र टाईगर अमनले अभिनय गरेका छन ।
निर्देशन , अभिनय सँगै सम्पादन समेत मनोज बि.क. भावुक कै रहेको गीतको भिडियो माधव गुरुङले छायांकन गरेका छन भने पोखरा कै रमणीय स्थानहरुमा खिचिएको गीत वासना क्रियशन कै आधिकारिक युट्यूब च्यानल मार्फत बजारमा ल्याइएको छ ।
भिडियो हेर्नुहोस् :