• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

६० किलो सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति एवं माओवादी उपाध्यक्ष पुनमाथि अनुसन्धान

"सीआईबी र अख्तियार दुवै सक्रिय "

  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • काठमाडौं। सुन तस्करी प्रकरणले फेरि एकपटक राजनीतिक वृत्तमा तरंग मच्चिएको छ । यसअघि कानुनी जालोबाट उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’माथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।
    पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनमाथि यसअघि नै सोही प्रकरणमा अनुसन्धान भएको थियो । अहिले सीआईबीले पुनका जेठा छोरा जितेन्द्र पुन र उपराष्ट्रपति हुँदा सल्लाहकार रहेका जीवनकुमार गुरुङमाथि पनि छानबिन अघि बढाएको पुष्टि गरेको छ ।

    Advertisement

    ६० किलो सुन बरामद प्रकरणपछि गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको छ । करिब ४८५ पृष्ठको उक्त प्रतिवेदनमा सुन तस्करीमा संलग्न देखिएका सरकारी अधिकारी, सीमामा भएको अनियमितता, राजनीतिक प्रभाव र अनुसन्धान प्रक्रियामा देखिएका कमजोरीहरूबारे विस्तृत उल्लेख गरिएको छ ।

    आयोगले विशेष गरी तत्कालीन सीआईबी प्रमुख एआईजी किरण वज्राचार्य र परराष्ट्र मामिलाका उच्च अधिकारी झलकराम अधिकारीलगायत केही व्यक्तिमाथि विभागीय कारबाहीको सिफारिस गरेको थियो । आयोगले तस्करी शृंखलामा राजनीतिक आश्रय, सीमामा भएका प्रशासनिक त्रुटि र भन्सार प्रक्रियाको अव्यवस्था मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।

    दीपेश पुनमाथि सीआईबीले ६० किलो सुन काण्डमा अनुसन्धान गरेको थियो । उनलाई टोखाबाट पक्राउ गरी सोधपुछपछि धरौटीमा छोडिएको थियो । सो क्रममा उनीमाथि सुन तस्करीसँगै सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान अघि बढाइएको थियो ।

    अर्कोतर्फ, पूर्वउपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्र पुनले दुई वर्षअघि चिनियाँ व्यापारीसँग तमसुक गरी हुम्लाको ताक्लाकोट पुगेर ४ किलो सुन बुझेको प्रमाण सार्वजनिक भएको थियो । भुक्तानी नदिँदा चिनियाँ पक्षले तत्कालीन उपराष्ट्रपति पुनसँग सीधा सम्पर्क गरेको र त्यसपछि उक्त कुरा बाहिर आएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । जितेन्द्रले सो कारोबारका लागि हुम्लाको नागरिकता प्रयोग गरी ताक्लाकोट हुँदै आवतजावत गरेको पाइएको छ । हुम्लाबाट प्रमाणपत्र लिएपछि उनलाई भिसा आवश्यक नपर्ने भएकाले चीन प्रवेश सजिलो भएको थियो । हाल उनी अमेरिकामा रहेको बताइएको छ ।

    पुन उपराष्ट्रपति हुँदा सल्लाहकार रहेका जीवनकुमार गुरुङ पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८० मंसिर १९ मा बरामद १४ किलो सुन प्रकरणमा पक्राउ परेका थिए । उनलाई पछि धरौटीमा छोडिएको थियो ।

    स्रोतका अनुसार पुन परिवारमाथि अहिले ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । ऐनमा कसैले आपराधिक समूहको लाभका लागि वा सो समूहको निर्देशनमा कुनै गम्भीर अपराध गरेमा ‘संगठित अपराध’ गरेको ठहरिने व्यवस्था छ ।

    त्यसै आधारमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराजस्तै पुनमाथि पनि आपराधिक लाभको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ । सीआईबीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पुनमाथि पदको दुरुपयोग भएको आशंकामा बेग्लै छानबिन थालेको पुष्टि भएको छ । उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएपछि केही राजनीतिक समूहले आयोगले प्रभावशालीहरूलाई बचाउने प्रयास गरेको आरोप लगाएका छन् । प्रतिवेदनमा केही ठूला नामहरू लुकेर राखिएको र वास्तविक दोषीमाथि कारबाही हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

    दीपेश पुनलाई गत वर्षको सुन तस्करी प्रकरणमा ‘उन्मुक्ति’ दिने अदालतको निर्णयले पनि जनमानसमा प्रश्न उठाएको छ । अनुसन्धान अधिकारीहरू भने अझै पर्याप्त प्रमाण संकलन भइरहेको र आवश्यक परे मुद्दा पुनः दर्ता हुनसक्ने बताउँछन् । गृह मन्त्रालयले आयोगको प्रतिवेदन प्राप्त गरेसँगै सीआईबी र सम्बन्धित निकायहरूलाई सिफारिस कार्यान्वयनका निर्देशन दिएको छ । केही अधिकारीहरूमा विभागीय कारबाही प्रक्रिया सुरु भइसकेको र बाँकी प्रकरणहरूमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले दाबी गरेको छ ।

    दीपेश पुनमाथि चलिरहेको न्यायिक प्रक्रिया अझै समाप्त भएको छैन । अदालतमा मुद्दा विचाराधीन छ भने जितेन्द्र पुन र अन्य सम्बन्धित व्यक्तिहरूको खोजी र प्रमाण संकलन भइरहेको छ । हालसम्म पुन परिवारमाथिको अनुसन्धानमा ठोस नतिजा सार्वजनिक नभए पनि प्रहरीका अनुसार सुन तस्करी शृंखलाको मुख्य सूत्र पत्ता लगाउने अन्तिम चरणमा अनुसन्धान पुगेको छ ।

    सुन काण्डमा राजनीतिक पहुँच, प्रशासनिक कमजोरी र कानुनी जटिलता मिसिएको देखिन्छ । पुन परिवारमाथि चलिरहेको अनुसन्धानले यो प्रकरणको गहिरो तह खुल्ने अपेक्षा गरिएको छ । सीआईबी र अख्तियार दुवै संस्थाले समानान्तर रूपमा अनुसन्धान अघि बढाइरहेका छन् । अब सरकार, प्रहरी र न्यायालयबीचको समन्वय कस्तो हुन्छ भन्नेमा नै सुन काण्डको वास्तविक निष्कर्ष निर्भर रहनेछ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    • नन्दकिशोर पुन
    • माओवादी
    • सुन तस्करी
    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ
    आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह
    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    • २.
      आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    • ३.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • ४.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ५.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ६.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ७.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ८.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.