रुकुम पश्चिम । कर्णाली प्रदेशकै सर्वाधिकार पुरस्कार राशी भएको खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका-९ स्थित राडीबजारमा परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको अवसरमा पुरुष महिला भलिवल प्रतियोगिता सहित ब्याटमिन्टन प्रतियोगीता हुन लागेको बताईएको छ ।

ऐतिहासिक चौतारा मेलाको यो ३१ औँ संस्करण रहेको आयोजकले जनाएको छ । खेलकुद तर्फ मात्रै १२ लाख ४३ हजार रुपैयाँ बराबरको पुरस्कार राशी रहेको बताईन्छ ।आउदो कार्तिक १० गतेदेखि खेलकुद तथा मेला सञ्चालन हुने खेलकुद संयोजक कर्ण बहादुर बटालाले जानकारी दिए । उनका अनुसार पुरुष भलिवल तर्फ प्रथम हुनेले ३ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने समुहले २ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र शान्तवना हुने दुई समुहले ७५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। भने खेलमा सहभागी हुनको लागी १० हजार दर्ता शुल्क लाग्ने छ ।
त्यस्तै महिला भलिवल तर्फ प्रथम हुनेले १ लाख ७५ हजार ५५५ र दोस्रो हुनेले १ लाख २५ हजार ५५५ त्यसैगारी शान्तवना हुने दुई समुहले ४० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छन्। भने दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ । ब्याटमिन्टन तर्फ बिजेता समुहले ९० हजार ५५५ उपबिजेताले ६५ हजार ५५५ र शान्तवना हुने समुहले २० हजार ५५५ रुपैयाँ पाउने छन्। भने दर्ता शुल्क २ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
