यही भदौ २३ र २४ गते जेन जेड प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदी बन्दी पक्राउ परेका छन् ।
Advertisement
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदी बन्दी पक्राउ गरी कारागारमा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदी बन्दी फरार रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।