सुर्खेतमा ५ किलो लागुऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जाजरकोट जुनिचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जयबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालयको टोलीले भेरीगंगा नगरपालिका-१० छिन्चुबजारबाट बुधबार साँझ ६ बजे पक्राउ गरेको हो।
बस्नेतले बोकेको झोलामा शंका लागेर चेक गर्ने क्रममा झोलामा लुकाएर ५ किलो ५४० ग्राम लागुऔषध अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कहाँबाट ल्याएको भन्ने खुलिसकेको छैन ।