आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा जीप दुर्घटना भएको छ । मंगलबार बेलुका आठबिसकोटको राडीबजार बाट १३ नम्वरको हम्पा जाँदै गरेको जीप गोईरी नजिकै दुर्घटना भएको हो ।
Advertisement
हम्पा तर्फ गैरहेको लु १ च ९४५५ नम्वरको जीप आठबिसकोट-११ को गोइरी स्थित ठटेला पाटा नजिक दुर्घटना भएको वडा नम्वर-१३ का अध्यक्ष टेक बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मानबिय क्षति भने भएको छैन्। सहचालक लक्ष्मण बिसी सामान्य घाइते भएको बताईएको छ । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको बताईएको छ ।