रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सबैको लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजाको सयुक्त साझेदारीमा संचालित नगरपालिका भित्र निर्माण भैरहेका नयाँ खानेपानी आयोजानाहरुबाट १२ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता (VMW) तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा औपचारिक रुपमा संचालन भएको उक्त तालिममा लाता गोगनपानी जेबिचवर, सिमबजार , माजगाउ, ड़ाड़ागाउ फारुला , गुडगुडे र रिठा बहुउपयोगी खानेपानी आयोजना बाट १४ सहित ७ जना महिलाको सहभागिता मा तालिम सम्पन्न भएको हो ।
तालिमको प्रशिक्षक बुद्धि पल्लब जोसीले गर्नु भएको थियो ।भने तालिमको समापन आठबिसकोट नगरपालिकाका उप-प्रमुख धन कुमारी शाहीले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै शाहीले भन्नुभयो, ग्रामीण मर्मत सम्भार तालिमले नगरपालिका भित्रका निर्माण हुदै गरेका खानेपानी आयोजना र पुराना आयोजानाहरुको दिगो रुपमा संचालन गर्नको लागि यो तालिमले एकदमै महत्वपूर्ण भूमिका रहन्छ । तालिममा सहभागिता भएर तालिम सकेर दक्ष भै गाउँमा खानेपानी आयोजानालाई दिगो बनाउन लाग्न तालिमकर्तालाई आग्रह गर्नुभयो। 
उक्त तालिमको सहजिकरण आठबिसकोट नगरपालिका वास एकाईले गरेको थियो । ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिमबाट नगरपालिबाट निर्माण हुदै गरेका खानेपानी आयोजानाहरु दिगो बनाउनु को साथै तलिमममा सहभागीहरुले खानेपानी आयोजानाहरुमा चाहिने पाइप फिटिङ् , धारा मर्मत , RVT,DC,पाइपलाईनमा आउने भाबि समस्याहरुलाई सजिलै मर्मत् गरेर पानीलाई सधै दिगो र सुचारु गर्न सक्ने छन्।
खानेपानी नयाँ बनाएर मात्र गाउँमा खानेपानी समस्या हल नहुने र खानेपानी मा आउने समस्या लाई समाधान गरेर दिगो बनाउने भन्ने कुरा महत्वपूर्ण हुने हुँदा त्यसमा सबैले हातेमालो गर्नुपर्ने प्राबिधिक सहजकर्ता बिरेन्द्र बटालाले बताउनु भयो । १२ दिन सम्म चलेको सो तालिममा ९ दिन प्रयोगत्मक भएको थियो । तालिममा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, सुचना अधिकारी इन्द्र बहादुर बिष्ट, वास संयोजक नरेन्द्र केसीको बिशेष उपस्थिति रहेको थियो ।