जाजरकोटको पैंक केन्द्रबिन्दु भएर शुक्रबार बेलुका गएको भूकम्पको कारण रुकुम पश्चिमका तीन जना घाईते भएका छन् । भूकम्पको डरले भाग्ने क्रममा तीन जना घाईते भएका हुन् ।
Advertisement
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार भूकम्पको कारण त्रिवेणी गाउँपालिका –८ पेउघाका १६ वर्षीय खम्बु बिक, बाँफिकोट गाउँपालिका –८ झुला निवासी १६ वर्षिया हिमाली देवकोटा र सानीभेरी गाउँपालिका –३ बेलटापु निवासी सीता पुन घाईते हुनुभएको हो ।