काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारको विषयमा फेरि विवाद भएको छ । केवलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा १३ जना घाइते भएका छन्।
Advertisement
बिहीबार केबुलकार निर्माणस्थलमा प्रहरी र आनदोलनकारी विच भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार केबुलकारको गर्दै आएको पक्ष र प्रहरीबिच झडप हुँदा ११ जना प्रहरी, एकजना आन्दोलनकर्मी र एकजना सर्वसाधारण गरी १३ जना घाइते भएका छन्।
उक्त क्षेत्रमा नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबुलकारविरुद्ध प्रदर्शन गरेका हुन्।