रुकुम पश्चिम । सामान्य प्रशासन मन्त्रालयले ३२ जना कर्मचारीहरु लाई बिभिन्न जिल्ला तथा स्थानीय तहहरुमा खटाएको छ । मन्त्रालयको फागुन ०४ गतेको निर्णयानुसार राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरु लाई सरुवा तथा कामकाजमा खटाईएको मन्त्रालयले जनाएको छ ।
Advertisement
मन्त्रालयका उपसचिव तथा सुचना अधिकारी भुपेन्द्र सापकोटा का अनुसार मन्त्रालयले नवनियुक्त ३९ जना उपसचिवहरूलाई स्थानीय तहमा पदस्थापन गरेको र सोही मिलान प्रक्रिया अन्तर्गत थप ३२ जना उपसचिवहरूको सरुवा गरिएको बताए । ३२ जना कर्मचारीहरुलाई सरुवा तथा कामकाजमा खटाईएको हो । मन्त्रालयको निर्णय अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका लागी मनोज कुमार शैनीलाई खटाईएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समुहमा कार्यरत शैनीलाई आठबिसकोटमा खटाईएको हो । 