आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा आयोजित पाचौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी कालिका मावि सुन्दरपानीले हात पारेको छ । माघ १५ गतेदेखि १९ गतेसम्म सञ्चालित शिल्डमा १५ स्वर्ण पदक सहित प्रथम भएर शिल्ड हात पार्न सफल भएको हो ।
Advertisement
त्यस्तै शिल्डमा दोस्रो बाल कल्याण मावि भएको छ । बाल कल्यानले ९ स्वर्ण ल्याउँदा सहिद स्मृति नमुना मावि ले ६ वटा स्वर्ण ल्याएर तेस्रो स्थान हात पारेको छ ।
आठबिसकोटमा रहेका १८ वटा मावि विधालयहरुले शिल्डमा भाग लिएका थिए । शिल्ड सहित क्रमश दोस्रो र तेस्रो स्थान वडा नम्वर ९ कै तीन बिधालयले हात पारेका छन्। गत माघ १५ गते कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी पारसमणीले शिल्डको उद्घाटन गरेका थिए ।