• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

कस्तो रहला आजको मौसम?

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

सुनको मूल्य ह्वात्तै बढ्यो

रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ५. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ८. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

जलवायु परिवर्तनको प्रभावले कम फल्न थाले सुन्तला


  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • तनहुँ । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका- २ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको छ।

    Advertisement

    ‘दुई-तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो’, गुञ्जारका सुन्तला किसान निरे विकले भने, ‘अहिले के भयो-भयो, फल नै लाग्दैन। सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ।’ आम्दानीको स्रोत यही भएका किसान मारमा परेका उहाँले उल्लेख गर्नुभयो ।

    ‘पहिले समयमा पानी पर् थ्यो।, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन’, विकले भने, ‘करिब १५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन। के भएको हो, कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।’ यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उनले जानकारी दिए। गत वर्ष दुई लाख ५० हजार आम्दानी गरेका उनले यो वर्ष आधा पनि नहुने भन्दै चिन्ता व्यक्त गरे।

    ‘सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ’, किसान रामबहादुर अधिकारीले भने।’ सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उनको बुझाइ छ ।

    ‘यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ’, अधिकारीले भने, ‘त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ ।’ आकाशे पानीको भरपर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उनले बताए।

    सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए।

    ‘प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ । कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन्’, उनले भने, ‘प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन्।’

    विकसित मुलुकमाभन्दा विकासिल मुलुकमा बढी जलवायु परिवर्तनको प्रभाव परिरहेको सूचना अधिकारी परियारले बताए। ‘किसानले जलवायु परिवर्तनको प्रभावका कारण यस्ता परिवर्तन भइरहेका भन्ने थाहा पाएका छैनन् । प्रत्यक्ष रूपमा खेतीबालीमा जलवायु परिवर्तनको प्रभाव परिरहेको छ’, उनले भने। सुन्तलामा समस्या आएको किसानबाट गुनासो आउने गरेका भन्दै जलवायु परिवर्तनको प्रभाव भन्ने किसानले नबुझेकाले बुझाउन समस्या हुने गरेको उनले बताए।

    सुन्तलामा विभिन्न सङ्क्रमणका कारण लाग्ने रोग र उपचार केन्द्रसँग नभएको परियारले बताए। सामान्य रूपमा सङ्क्रमण न्यूनीकरणका उपाय अनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको केन्द्रले जनाएको छ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले विगतमा ६०० देखि ८०० मिटरसम्मको उचाइ सुन्तला उत्पादन राम्रो हुने गरेको बताए। ‘अहिले बिस्तारै तापक्रम बढ्दै गएको छ, ९०० मिटरभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्’, उनले भने, ‘सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्छ । पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ। कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन्।

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?
    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ
    सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?
    आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची
    कस्तो रहला आजको मौसम?
    इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ५.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

    • २.
      पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    • ३.
      सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

    • ४.
      आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    • ७.
      सुनको मूल्य ह्वात्तै बढ्यो

    • ८.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.