• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

भरियाले धानेको ढुवानी

"पसिनाको कथा "

  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा १०० किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा १०० किलोभन्दा बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।

    Advertisement

    यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ। तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ। उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका- ४ गुदेल हो। निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि संघर्षसँग साक्षत्कार गर्नुपर्‍यो। सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन्। बालबच्चाको शिक्षादीक्षा र सिंगो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ। परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिकजसो भारी बोक्नु उनको बाध्यता हो।

    ‘हाम्रो जिन्दगी यसरी नै चल्छ। यो काम नगरी बाँच्न सकिँदैन,’ निधारको पसिना पुछ्दै उनले भने। दैनिक जीवनको लागि काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा कुलुङ दिनभरि पसिना बगाउँछन्। भारी बोक्ने एक दिनमा उनले दुई हजार पाँच सयदेखि तीन हजारसम्म कमाउँछन्, तर यो कमाइले परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ।

    बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका बेरोजगार युवामा छ।

    पसिनाको कथा

    सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ। यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन। भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्छन्। त्यहीबेला लामो श्वास फेर्दै उनले भने, ‘यो जिन्दगी सजिलो छैन।’

    कुलुङका अनुसार खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेकोे छ। सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ। आकाश कुलुङ प्रतिनिधि पात्रमात्र हुन्। खुम्बु क्षेत्रका सयौं भरियाको जीवन यस्तै छ। महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन्। भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ। तर यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ, न भविष्यको ग्यारेन्टी नै गरेको छ। सुर्केसम्म सडक विस्तार भइसकेको छ, तर त्यसभन्दा माथि सडक पुगेको छैन। यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ।

    सामान ओसार–पसारको एकमात्र विकल्प मानव श्रम नै हो। खुम्बु क्षेत्रका पर्यटक गन्तव्य विश्वमै प्रसिद्ध छ, तर त्यहाँका भरियाको जीवन भने उस्तै कष्टकर छ। खुम्बुमा महँगी भएका कारण दिनभर कमाएको आम्दानी खानामै बढी खर्च हुने गरेको भरिया नवराज विकले बताए। ‘यहाँ महँगो छ, दिनभर पसिनाको धारा छुटाएर भारी बोक्छौँ तर त्यो पैसा खाना बस्नमा धेरै खर्च हुन्छ, यहाँ यसो हिसाब गर्दा चाहिँ धेरै कमाइ भयोजस्तो लाग्छ तर घर फर्किंदा कहिले त रित्तो हातजस्तै हुन्छ, गाह्रो छ भरियाको जिन्दगी,’ विकले भने। उनीहरूका लागि भारी बोक्नुबाहेक अरू विकल्प छैन। उनीहरूको पसिनाले खुम्बुको अर्थतन्त्र धानेको छ, तर भारियाको जीवनमा स्थायित्व र सुविधा भने आउन सकेको छैन।

    ‘मलाई अर्को सजिलो काम भेटिए हुन्थ्योजस्तो लाग्छ,’ भरिया विक भन्छन्। यति मेहनत गरे पनि यहाँ भरियालाई गर्ने व्यवहार भने फरक रहेको उनीहरूको गुनासो छ। भारी बोक्ने भन्नेबित्तिकै नराम्रो नजरले हेर्ने र कतिले त अपमान नै गर्ने गरेको भारियाहरूको गुनासो छ।

    खुम्बुको उकालो र भारी बोक्ने कथाले नेपालका विकट क्षेत्रका युवाहरूको जीवनको यथार्थलाई चित्रण गर्छ। विकट भूगोल र विकासको असमानताले उनीहरूको संघर्षलाई थप चुनौतीपूर्ण बनाएको छ। स्थानीय पूर्वाधारको सुधार र रोजगारीका विकल्प खोज्नु यस्ता समस्याको दीर्घकालीन समाधान हुनसक्छ।

    आकाश कुलुङ र नवराज विकजस्ता युवाहरूले ढुवानीमा गरेको परिश्रमलाई सम्मान गर्दै सरकारले उनीहरूको जीवनस्तर सुधार गर्ने योजना अघि सार्न आवश्यक छ। खुम्बुका पर्यटकका लागि यो उकाली दृश्यावलोकनको रमाइलो पाटो हो । तर भरियाका लागि यो उकाली जीवन धान्ने संघर्ष हो।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.