आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडीबजारमा रहेको एक सहकारीले विपन्न नागरिकका लागि छुट्याईएको शेयर लगानी वापतको पैसा दुरुपयोग गरेको पाईएको छ । आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले विपन्न घरपरिवारका लागि नगरपालिकाले दिएको पैसा दुरुपयोग गरेको हो । उक्त सहकारीको पैसा अपचलन भएको तथ्य बाहिरिएपछी गठित छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा ३३ लाख रुपैयाँ दुरुपयोग भएको खुलेको छ ।
विपन्न नागरिकका लागि लिएको कर्जा व्यक्ति र उधोगलाई दिइएको बुझिएको छ । गरिव विपन्न परिवारका लागि लिएको शेयर लगानीको नाममा ३३ लाख ६५ हजार रुपियाँ दुरुपयोग भएको पाइएको छ ।
विपन्न नागरिकका लागि पालिकाबाट ल्याईएको उक्त रकम आठबिसकोट १२ मा रहेको कर्णाली वेभरेज इन्ड्स्ट्रीज दल बहादुर शाह अध्यक्ष लाई २६ लाख ३२ हजार दिएको पाइएको छ । उक्त रकम विपन्न परिवारका एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी नगरपालिकाले दिएको थियो । सहकारीले उक्त रकमको अभिलेख समेत नराखेको समितिले जनाएको छ । 