आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बजारमा सञ्चालित ३० औं चौतारा मेलामा आयोजित पुरुष तर्फको भलिवल को उपाधीटिम आदित्य बास्तला ( आर्मी) ले हात पारेको छ । गत २२ गतेदेखि सञ्चालितभलिवल आज सम्पन्न भएको हो ।
Advertisement
आज अन्तिम दिन टिम आदित्य र भलिवल प्रशिक्षण केन्द्र रुकुम पश्चिम विचको फाइनल खेलमा दुई दुई सेट हात पारेर पाँचौँ खेलमा ११ का बिरुद्ध १५ मा टिम आदित्य प्रथम बनेको हो। प्रतिस्पर्धा मा रहेको खेल अन्तिममा आएर रुकुम पश्चिमले गुमाउँदा चौतारा मेलाको उपाधी टिम आदित्यले आफ्नो पोल्टोमापारेको हो ।
त्यस्तै महिला भलिवल तर्फ आयुस चुडामनी गिजाले जित हात पारेको छ । रुकुम पश्चिम संगको फाइनल खेलमा आयुस चुडामनी गिजाले उपाधी जितेको छ ।सात दिन सम्म लागेको चौतारा मेलामा आयोजित खेलको पुरुष तर्फ ३ लाख तीनहजार र महिला तर्फ १ लाख ५५ हजार रहेको छ ।