कर्णाली प्रदेशका चार जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। जि.पी. कोइराला फाउन्डेसनको आयोजनामा तथा काठमाडौं मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।
शिविर मार्फत स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा उपचार उपलब्ध गराइने आयोजकले जनाएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो।
शिविर सञ्चालन हुने स्थान र मिति यसप्रकार छन् :
– **मंसिर ९ गते:** जाजरकोटको भेरी नगरपालिका, खलङ्गा बजार
– **मंसिर ११ गते:** डोल्पाको दुनै
– **मंसिर १३ गते:** रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, राडी बजार
– **मंसिर १५ गते:** सल्यानको बागचौर नगरपालिका
आयोजकले कर्णाली प्रदेशका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा तथा उपचारको लाभ लिन हार्दिक अनुरोध गरेको छ।