काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डामाथि छलफल हुने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकले समसामयिक विषयसँगै मन्त्रालयहरूबाट प्रस्तावित विभिन्न निर्णय तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने सचिवालयले जनाएको छ ।