दुर्गानगर विकास समाजद्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा इन्द्रबहादुर बानियाँले समाजको विकास, सामाजिक एकता र नागरिक सहभागितालाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले स्थानीय समुदायको सक्रियता र सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने उल्लेख गर्दै विकास निर्माणका काममा सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। उनले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर विभिन्न योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिए।
मुख्यमन्त्री बानियाँले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको वातावरण कायम राख्न यस्ता भेटघाट तथा चियापान कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले दुर्गानगर विकास समाजले समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा विकासमूलक गतिविधि सञ्चालन गरेकोमा प्रशंसा समेत गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले क्षेत्रको विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग सम्बन्धित विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए।