रुकुम पश्चिमकाे आठविसकाेट नगरपालिका वडा नं.३ लाई आज पुर्णरुपमा सरसफाई वडा घोषणा गरिएकाे छ।
नेपाल सरकारकाे पुर्ण सरसफाई मार्गदर्शन २०७३ काे पहिलाे चरणकाे सबै सुचकहरु पूरा गरि उक्त सुचकलाई दैनिक व्यवहारमा लागू गर्दै निरन्तरता दिने प्रतिवद्धताका साथ वडालाई आठविसकाेट नगरपालिकाकाे पहिलाे सफा र स्वच्छ वडा घोषणा गरिएकाे हो ।
वडा नम्वर ३ का वडाअध्यक्ष केशरमान बिकले भने ,”हाम्रो वडालाई सफा तथा स्वच्छ वडा घोषणा गर्न सफल हुनु सम्पूर्ण वडा बासीको साझा प्रयासको परिणाम हो। सरसफाइलाई अभियानका रूपमा सञ्चालन गर्दै प्रत्येक टोल, घरपरिवार र समुदायको सहभागिताले आजको यो उपलब्धि सम्भव भएको हो।
आज आयोजित एक आैपचारिक कार्यक्रममा नगर प्रमुख रवी के.सी काे उपस्थितिमा सफा र स्वच्छ वडा घोषणा भएकाे हाे। घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले भने “सफा तथा स्वच्छ वडा घोषणा केवल एउटा कार्यक्रम मात्र नभएर , यो हाम्रो सभ्य, स्वस्थ र समृद्ध समाज निर्माण गर्ने अभियान हो।
उनले भने स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, संघसंस्था तथा सम्पूर्ण नगरवासीको सक्रिय सहभागिताका कारण आज यो उपलब्धि हासिल गर्न सफल भएका छौं। यस उपलब्धिलाई निरन्तरता दिँदै वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन र जनस्वास्थ्य सुधारमा अझ प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
शान्ति नेपालको सहजिकरणमा स्थानीय तह बाट याे कार्यक्रम सम्पन्न गरिएकाे छ। आफ्नाे गाँउलाई आफै सफा गराैँ जस्ता भन्दै र्याली सहित खदीमा आज कार्यक्रम सम्पन्न भएको हो ।