• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

आज बिहानै गयो भुकम्प

राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

"आक्रमणबिच इरान सम्झौता वार्ता पेचिलो "

  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • तेहरान । अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढङ्गले अघि बढिरहेको’ दाबी गरिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । यसले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास एकैसाथ अघि बढिरहेको सङ्केत गरेको छ ।

    Advertisement

    अमेरिकी सेनाको सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार उक्त आक्रमण ‘इरानी सेनाबाट उत्पन्न जोखिमविरुद्ध अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्न’ गरिएको हो । उनले अमेरिकी पक्षले जारी युद्धविरामको अवधिमा संयम अपनाइरहेको दाबी पनि गरे । यद्यपि, इरानबाट उत्पन्न भनिएको खतरा वास्तवमा के थियो, त्यसले जारी वार्तालाई कसरी असर गर्न सक्छ भन्ने विषयमा तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

    घटनाबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, तेहरानले अमेरिकासँग सम्भावित सहमतिबारे जारी छलफलका लागि आफ्नो संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफलाई कतार पठाएको छ । युद्धका क्रममा इरानी आक्रमणको दबाब खेपेको कतारले इरानसँग सम्बन्धित अर्बौं डलर रकम आफ्ना वित्तीय संयन्त्रमार्फत व्यवस्थापन गर्दै आएको पृष्ठभूमिमा यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    इरानभित्र भने घटनाको प्रभाव देखिन थालेको छ । पूर्व रिभोलुसनरी गार्ड प्रमुख मोहसेन रेजाईसँग निकट मानिने समाचार वेबसाइट तबनाकले अमेरिकी कारबाहीमा चारजना गार्ड सैनिक मारिएको जनाएको छ । उता, इरानी सरकारी टेलिभिजनले हर्मुज जलघाँटी क्षेत्रअन्तर्गत पर्ने बन्दर अब्बास आसपासको सैन्य बन्दरगाह र दोहोरो प्रयोजनका विमानस्थल वरपर विस्फोट भएको खबर दिएको छ ।

    यी घटनाले एक सातादेखि कायम युद्धविरामलाई पुनः अस्थिर बनाउने खतरा बढाएको छ । विश्व ऊर्जा आपूर्तिको दृष्टिले संवेदनशील मानिने हर्मुज जलघाँटी अझै पनि इरानको प्रभाव क्षेत्रमा रहेको मानिन्छ । विश्वभर कारोबार हुने कच्चा तेल र प्राकृतिक ग्यासको ठूलो हिस्सा यही मार्गबाट ओहोरदोहोर हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने चिन्ता कायम छ ।

    यता ट्रम्पले इरानसँग सम्भावित सहमतिको दायरालाई थप फराकिलो बनाउन खोज्नुभएको देखिएको छ । उनले इरान युद्ध अन्त्य गर्ने कुनै पनि सम्भावित सम्झौतामा साउदी अरेबिया, पाकिस्तानलगायत थप देशहरूलाई पनि ‘अब्राहम सम्झौता’ मा सहभागी गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् । ट्रम्प प्रशासनको पहिलो कार्यकालमा सुरु गरिएको यो अमेरिकी मध्यस्थतामा आधारित पहलको उद्देश्य इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्नु थियो ।

    यो प्रस्ताव ट्रम्पमाथि आफ्नै रिपब्लिकन वृत्तभित्रबाट बढिरहेको दबाबका बीच आएको हो । इरानप्रति अपेक्षाकृत कडा नीति चाहने समूहले सम्भावित सम्झौतामाथि असन्तुष्टि जनाइरहेका बेला ट्रम्पले वार्तालाई क्षेत्रीय कूटनीतिक ढाँचासँग जोड्ने प्रयास गर्नुभएको देखिन्छ । उनले साउदी अरेबिया र कतारलाई ‘तत्काल हस्ताक्षर गर्नुपर्ने’ मुलुकका रूपमा उल्लेख गरे ।

    यसअघि सन् २०२० मा बहराइन र संयुक्त अरब इमिरेट्सले अब्राहम सम्झौतामार्फत इजरायललाई औपचारिक कूटनीतिक मान्यता दिएका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले ‘जटिल पहेली जोड्न गरेको सम्पूर्ण प्रयासपछि’ सम्बन्धित देशहरूले सामूहिक रूपमा यस प्रक्रियामा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे ।

    तर यो अवधारणा व्यवहारमा उतार्न सहज देखिँदैन । साउदी अरेबियाले दशकौँदेखि इजरायललाई सन् १९६७ अघिको सीमामा फर्किन, पूर्वी जेरुसेलमलाई राजधानी मानेर स्वतन्त्र प्यालेस्टिनी राज्य गठनलाई स्वीकार गर्न आग्रह गर्दै आएको छ । गाजा क्षेत्रमा हमासविरुद्ध इजरायलले अपनाएको सैन्य रणनीतिले खाडी मुलुकहरू र व्यापक मुस्लिम विश्वमा आलोचना बढाएको सन्दर्भले पनि यस्तो पहललाई थप जटिल बनाएको छ ।

    पाकिस्तानको सन्दर्भमा पनि प्रश्न उस्तै संवेदनशील छ । प्यालेस्टिनी राज्यको मान्यता इस्लामावादका लागि दीर्घकालीन नीतिगत मुद्दा हो । पाकिस्तान इजरायलसँग औपचारिक कूटनीतिक सम्बन्ध नराख्ने देशमध्ये पर्दछ । इस्लामावादस्थित विश्लेषक सैयद मोहम्मद अलीका अनुसार ट्रम्पको पछिल्लो प्रस्तावका बाबजुद पाकिस्तानको इजरायलप्रतिको आधारभूत नीति अपरिवर्तित रहेको छ ।

    ट्रम्पले शनिबार विभिन्न नेतासँगको संवादका क्रममा अब्राहम सम्झौताको विषय उठाएको खुलासा गरेका थिए । उनले अधिकांश देश सहभागी हुनुपर्ने तर ‘एक वा दुई’ देशले अस्वीकार गरे पनि प्रक्रिया अघि बढ्न सक्ने सङ्केत दिएका छन् । इजिप्ट र जोर्डनले पहिल्यै इजरायललाई औपचारिक मान्यता दिइसकेका छन् भने टर्कीले सन् १९४९ मै इजरायललाई मान्यता दिएको थियो ।

    अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत मसूद खानले ट्रम्पको सूचीमा समेटिएका देशहरूका लागि यस्तो प्रस्ताव व्यावहारिक रूपमा कति सम्भव छ भन्ने अझै खुला प्रश्न रहेको बताए । उनका अनुसार अब्राहम सम्झौतालाई अचानक वार्ताको एजेन्डामा ल्याइनुले चलिरहेको मध्यस्थता र कूटनीतिक प्रक्रियामा नयाँ तहको जटिलता थपेको छ । उनले यसलाई ट्रम्पले भोगिरहेको आन्तरिक राजनीतिक दबाबसँग पनि जोडेका छन् ।

    यद्यपि, मसूद खानका अनुसार कूटनीतिक संवाद पूर्ण रूपमा अवरुद्ध भएको छैन । उनले क्षेत्रीय मुलुकहरूको समर्थनसहित पाकिस्तान अहिलेको प्रक्रियाको केन्द्रभागमा रहेको दाबी गरे ।

    इरानसँग सम्भावित सहमति कहिले, कुन स्वरूपमा वा कुन सर्तमा निष्कर्षमा पुग्न सक्छ भन्ने अझै स्पष्ट छैन । तर ट्रम्पले सहमति भए भविष्यमा इरान स्वयं पनि अब्राहम सम्झौतामा सहभागी हुन सक्ने सम्भावना औँल्याए ।

    ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी प्रभावमा विकसित अब्राहम सम्झौताहरू कूटनीतिक, आर्थिक र सुरक्षा सहकार्यको बहुआयामिक ढाँचा मानिन्छन् । यसमा सुडान, मोरक्को तथा पछिल्लो चरणमा कजाकिस्तानसमेत जोडिएको उल्लेख गरिएको छ । रासस

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा
    बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
    अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह
    रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार
    चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा
    विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • २.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    • ३.
      अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

    • ४.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ५.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • ६.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ७.
      आज बिहानै गयो भुकम्प

    • ८.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.