• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ६. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

६० वर्षमा एसइई पास

  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । ”पढ्ने रहरलाई उमेरले छेक्दैन” उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छन्।

    Advertisement

    उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाडेकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पूरा गरिदिएको छ।

    अधुरो शिक्षालाई जोड्दै उच्च शिक्षा पढ्ने चाहना बोक्नु भएकी राईले उक्त विद्यालयमा कक्षा आठमा आएर भर्ना भएर पढाइलाई निरन्तरता दिँदै यस वर्षको एसइई परीक्षामा सफल भएकी छन्।

    उनका छोरा अस्ट्रेलिया बस्छन्। एसइईको नतिजा आउँदा उनी पनि १०० वर्षीया सासुलाई लिएर अस्ट्रेलिया गएकी थिइन्। अस्ट्रेलियामा रहँदा नै आफू एसइई उत्तिर्ण भएको खबरले खुसी हुँदै हरेश नखाई निरन्तरको मिहेनतले सफलता दिन्छ भन्ने भनाइ चरितार्थ भएको बताइन्।

    विद्यालयकी निमित्त प्रधानाध्यापक बिना देउजाले राई मात्रै नभई यसवर्ष आठ जना आमा, हजुरआमाले एसइई परीक्षामा सफलता हात परेको बताइन्।

    उनले एकसाता पछि नेपाल फर्किएर राईले कक्षा ११ अध्ययन गर्ने चाहना व्यक्त गरेको उनले बताइन्।

    यसवर्ष राईसँगै ५९ वर्षीया राधिकादेवी आचार्य, ४२ वर्षीया ललिता आले मगर, २९ वर्षीया सुष्मा खड्का, २८ वर्षीया निर्मला चेपाङ, २२ वर्षीया रस्मी ऐरी, ४३ वर्षीया कृष्णमाया तको र ४१ वर्षीया कुमारी तामाङले पनि यस पटकको एसइई परीक्षा उत्तिर्ण गरेका उनले जानकारी दिए।

    उनले भनिन्, ुयसवर्ष आठ जना आमा हजुरआमाले एसइई परीक्षा उतीण गर्नु भएको छ, यसअघि पनि हरेक वर्ष आमा, हजुरआमाले एसइई उत्तिर्ण गर्नु भएको थियो, कतिपय आमा, हजुरआमाले कक्षा १२ उत्तिर्ण गरेका छन् । पढ्ने रहर र चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण हाम्रो विद्यालयमा धेरै छन्।’

    पढ्ने उमेरमा विद्यालय र कक्षाकोठा कहिल्यै नदेखेकी बारा जिल्ला निजगढ घर भएकी ललिता आले मगरले ४२ वर्षको उमेरमा एसइई परीक्षा उत्तीर्ण गरे।

    आर्थिक अवस्था कमजोर भएका कारण स्कुल छाडेर गोठालो जाँदा थाति राखेको पढ्ने रहरलाई पूरा गरेकी मगर कक्षा ११ भर्ना हुने बताउँछिन्।

    १४ वर्षकै उमेरमा विवाह गरेकी उनले ड्राइभिङ सिकेर गाडीको लाइसेन्स लिएर बनेपाको सलाई उद्योगको डेलिभरी भ्यान चलाएपछि चार वर्ष दुवई र दुई वर्ष कुवेत बसेर नेपाल फर्किएको आलेमगर एसइई पास भएपछि अब कक्षा ११ पढ्ने बताउँछिन्।

    बिचमै पढाइ छाडेर पढ्ने रहर पुरा नगरेका महिलाहरुका लागि २०६५ सालमा स्थापना भएको विद्यालयबाट १७ वर्षे किशोरीदेखि ७२ वर्षकी हजुरआमासम्मले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको उनी बताउँछिन्।

    विभिन्न कारणले विद्यालय जानबाट वञ्चित भएका महिलालाई औपचारिक शिक्षा दिएर विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउदै उनले १२ वर्षको अवधिमा १६० जना आमा, हजुरआमाले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको निप्रअ देउजा बताउँछिन्।

    विद्यालयबाट एसइई उत्तिर्ण गर्ने एक दर्जनबढीले स्नातकसम्मको अध्ययन पूरा गरेर समाजमा स्थापित भएको पाउँदा निकै खुसी लाग्ने गरेको बताउदै उनले विद्यालयमा भक्तपुरका ग्रामिण क्षेत्रदेखि उपत्यका र विभिन्न जिल्लाबाट जिल्लाबाट विद्यार्थी आउने गरेको देउजाले बताए।

    धादिङ घर भएकी २८ वर्षीया निर्मला चेपाङको परिवारमै पहिलो पटक एसइई उत्तिर्ण गर्ने महिला हुन्। मध्यपुरथिमि–३ कौशलटारमा अर्काको घरमा काम गर्दै चेपाङले छ वर्ष आस्था महिला विद्यालयमा पढेर यसवर्ष एसइई उत्तिर्ण गरेकी हुन्। रासस

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.