• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

"यसरी हुँदैछन् विद्यार्थी भर्ना "

  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।

    Advertisement

    अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ ।

    सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन र प्रवेश परीक्षाको तयारी गरेको छ । विद्यार्थीको चाप हुने सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न भनी सामान्य शुल्क पनि लिने गरिएको छ ।

    संविधान र कानुन अनुसार सामुदायिक विद्यालयमा शुल्क लिन पाइँदैन तर अतिरिक्त कक्षा, पूर्वाधार व्यवस्थापन र अङ्ग्रेजी माध्यममार्फत पढाइका लागि सहयोग शुल्क लिइएको ती विद्यालयका प्रधानाध्यकले जनाएका छन् ।

    प्रवेश परीक्षाका नाममा विद्यार्थीलाई ‘पास–फेल’ गराउन नपाइने भएकाले भर्ना प्रक्रियालाई सरल बनाउन ती विद्यालयले आन्तरिक मापदण्ड बनाएका छन् । सामुदायिक विद्यालयले यही वैशाख २१ गतेदेखि कक्षा सञ्चालनको तयारी गरेका छन् ।

    काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले सीमित क्षमताका कारण ४३० जनासम्म नयाँ विद्यार्थी भर्ना लिने तयारी गरेको छ ।

    सो विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेले नयाँ भर्नामा धेरै भीड नहोस् भनेर दोस्रो अर्धवार्षिक परीक्षाको नतिजामा कुनै पनि विषयमा ‘एनए’ (नन् ग्रेडेड) नआएका विद्यार्थीलाई मात्रै फारम भर्न योग्य बनाइएको बताउनुभयो । सो विद्यालयमा कक्षा १–१२ मा चार हजार ६०० विद्यार्थी अध्ययनरत छन् ।

    सो विद्यालयले नेपाल सरकारको वैशाख १५ देखि नयाँ शैक्षिकसत्र आरम्भ गर्ने निर्णय गरेपछि यसअघि वैशाख ३ गते तय गरिएको कक्षा इसिडीदेखि कक्षा ९ सम्मको विद्यार्थी भर्ना कार्यक्रम स्थगन गरी वैशाख १४ गतेबाट इसिडी कक्षा सञ्चालन गरेको छ ।

    कक्षा चारदेखि नौसम्म वैशाख १५ गतेदेखि मात्रै भर्ना सञ्चालन गरेको छ । विद्यालयले कक्षा तीन र सातमा नयाँ भर्ना नलिने नीति लिएको छ । हाल सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वैशाख १५ देखि १८ गतेसम्म माथिल्लो कक्षामा नाम टिपाउन सूचित गरिएको छ ।

    “नर्सरीमा भर्नाका लागि सरस्वती पूजाका दिन जो पहिला आए तिनै विद्यार्थीलाई सिट क्षमताअनुसार भर्ना लिएका छौँ । कक्षा चारदेखि माथिको कक्षामा विद्यालयको स्तरअनुसार मापदण्ड बनाएर छान्दै आएका छौँ”, प्रधानाध्यापक घिमिरेले रासससँग भन्नुभयो, “सरकारको लगानी अपुग भएको स्थितिमा पूर्वाधार व्यवस्थापन र अतिरिक्त कक्षा सञ्चालनका लागि तिर्न सक्ने अभिभावकसँग सहयोग पनि लिँदै आएका छौँ ।”

    प्रधानाध्यापक घिमिरेले पानी, बत्तीलगायत पूर्वाधारमा काठमाडौँ महानगरपालिकाको स्रोतबाट धान्न नसकिएको तथा गणित, कम्प्युटरलगायत अतिरिक्त कक्षाका लागि तल्लो कक्षामा वार्षिक चार हजार रुपैयाँ र कक्षा १० मा मासिक ७०० रुपैयाँका दरले सात हजार २०० रुपैयाँसम्म सहयोग शुल्क लिने बाध्य भएको बताउनुभयो ।

    काठमाडौँकै त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा आठका लागि ३२५ नयाँ विद्यार्थीका लागि स्थान रहेकामा दुई हजार १०० ले आवेदन फारम भरेका छन् । विद्यालयका प्रधानाध्यापक हेरम्भराज कँडेलले नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी प्रवेश निर्धारण तथा छनोट प्रक्रिया जारी रहेको बताउनुभयो ।

    सो विद्यालयमा कक्षा एकदेखि १२ सम्म चार हजार ४०० विद्यार्थी पढ्छन् । प्रधानाध्यापक कँडेलले सरकारको न्यून बजेटका कारण गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि वर्षभरीका लागि कक्षा एकदेखि आठसम्म न्यूनतम् एक हजार ४०० देखि दुई हजार ९०० रुपैयाँसम्म शुल्क लिने गरेको बताउनुभयो । उहाँले करिब १०० विपन्न विद्यार्थीलाई भने पोसाकसहित छात्रवृत्ति दिने गरेको जनाउनुभयो ।

    काठमाडौँकै बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा नयाँ विद्यार्थीका लागि एक हजार ४०० फाराम वितरण गरिसकेको छ । चाप बढ्न सक्ने भएकाले आजसम्म मात्रै फारम वितरण गरेर प्रवेश निर्धारण प्रक्रियाको तयारी गरिने विद्यालयका प्रधानाध्यापक बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

    दुई हजार विद्यार्थी पढ्ने सो विद्यालयले मौखिक र सामान्य तरिकाबाट प्रवेश परीक्षा चलाउने तयारी गरेको छ । सो विद्यालयमा अभिभावकसँग आर्थिक सहायता शुल्क भनेर वार्षिक रूपमा कक्षा हेरेर बढीमा पाँच हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।

    रानीपोखरीस्थित दरबार हाइस्कुल (भानु मावि), पुतलीसडकको पद्मोदय मावि, मध्य बानेश्वरको रत्नराज्यलक्ष्मी मावि, बालुवाटारको महेन्द्र राष्ट्रिय मावि, कुमारीगालको श्रम राष्ट्रिय मावि, भक्तपुरको मेघा माविलगायतका विद्यालयमा विद्यार्थीको चाप हुने गरेको छ । उपत्यका बाहिर पनि धेरै विद्यार्थी भएका सामुदायिक विद्यालय सञ्चालित छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर परम्परागतसमेत गरी २७ हजार २९८ सामुदायिक (सरकारी) र आठ हजार १४९ संस्थागत (निजी) गरी कूल ३५ हजार ४४७ विद्यालय छन् ।

    उक्त प्रकाशनले विद्यार्थी सङ्ख्याका आधारमा एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४४९, एक हजार ५०१ देखि दुई हजारसम्म विद्यार्थी भएका १३६ र दुई हजारभन्दा माथि सङ्ख्यामा विद्यार्थी भएका सामुदायिक विद्यालय १०० वटा रहेको देखाएको छ । -प्रकाश सिलवाल/रासस

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.