• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु


  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आयोजनामा निःशुल्क खानेपानीको गुणस्तर परीक्षण शिविर सुरु भएको छ। सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले पुस २९ गते बाट उक्त शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ।खानेपानीसरसफाइ तथा स्वच्छता सुस्वा आयोजनाको सहजीकरण र आठबिसकोट नगरपालिकाको आयोजनामा शिविर पालिकामा पहिलो पटक सञ्चालन हुन लागेको हो।

    Advertisement

    शिविरको पहिलो दिन आठबिसकोट नगरपालिका उपप्रमुख धन कुमारी शाहीले उद्घाटन गरेकी हुन । शिविरमा नगरभित्र रहेका सम्पूर्ण खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ताहरूले आफूले प्रयोग गर्दै आएको पानीको नमुना ल्याई निःशुल्क परीक्षण गराउन सक्नेछन्।

    नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरण र आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। संविधानको धारा ३० अनुसार स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हक र धारा ३५ अनुसार स्वास्थ्यसम्बन्धी हक अन्तर्गत सुरक्षित खानेपानीको पहुँचलाई मौलिक अधिकारका रूपमा लिइएको छ। त्यसैगरी धारा ५१ अन्तर्गत राज्यले स्वच्छ खानेपानीको पहुँच विस्तार, पानी स्रोतको संरक्षण तथा दिगो व्यवस्थापन गर्ने नीति लिएको छ।

    यिनै संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि नेपाल सरकारले खानेपानी ऐन २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ लागू गरेको छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार नागरिकले प्रयोग गर्ने पानी पिउन योग्य छ कि छैन भन्ने कुरा विभिन्न वैज्ञानिक परीक्षण (पेरामिटर) का आधारमा निर्धारण गर्न सकिने सुस्वा आयोजनाका सुशासन बिज्ञ निराजन श्रेष्ठले जानकारी दिए।

    खानेपानीको गुणस्तर परीक्षण नहुँदा झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले नियमित परीक्षणलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। संविधानको अनुसूची ८ अनुसार खानेपानी तथा सरसफाइ स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले नगरपालिका तथा गाउँपालिकाहरूले पानीको गुणस्तर परीक्षण, अनुगमन तथा सुधार कार्यक्रम सञ्चालन गर्नु कानुनी दायित्व हो र यो निसुल्क पानी परीक्षण शिविर पुस २९ , ३० र माघ २ गते सम्म संचालन हुने सुस्वा आयोजनाका वास सल्लाकार प्रमोद लाल श्रेष्ठले जानकारी दिए।

    स्वच्छ र सुरक्षित खानेपानी नागरिकको मौलिक अधिकार हो। खानेपानीको गुणस्तर परीक्षणमार्फत पानी स्वास्थ्यका लागि सुरक्षित छ कि छैन भन्ने यकिन गर्न सकिन्छ। निमित्त प्रमुख प्रशासकीय इन्जिनियर राजेश गौतमले भने,यस किसिमका शिविरहरूले जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछन्। स्थानीय तहले आगामी दिनमा पनि नियमित रूपमा खानेपानी परीक्षण तथा सरसफाइसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”

    “नागरिकको स्वास्थ्य सुरक्षित राख्न खानेपानीको गुणस्तर अत्यन्तै महत्त्वपूर्ण छ। उपप्रमुख धन कुमारी शाहीले भनिन्, खानेपानीमा देखिएका समस्याको सुधार गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्ने उद्देश्यले आज खानेपानीको गुणस्तर परीक्षण शिविर सञ्चालन गरिएको उनले बताईंन् । यसबाट पानी सुरक्षित छ कि छैन भन्ने थाहा भई आवश्यक सुधारका कदम चाल्न सहयोग पुग्ने हुँदा पालिका भित्रका उपभोक्ताहरुले आफुले खानेपानीको गुणस्तर जाच्न आग्रह गरिन्।

    कणाली प्रदेशमा सुस्वा लागु भएका २८ ओटा पालिकामा निशुल्क पानी परीक्षण शिवार संचालन भैरहेको छ। पानीको गुणस्तर परीक्षणबाट पानी पिउन योग्य छ कि छैन भन्ने जानकारी प्राप्त हुने विश्वास लिइएको छ। नगरपालिकाले पानीको नमुना संकलन गर्दा सफा पारदर्शी बोतलमा करिब आधा लिटर पानी भरी नमुना ल्याउन र नमुना संकलन गर्नुअघि साबुन पानीले हात धुने, धारालाई सफा गर्ने लगायतका सावधानी अपनाउन अनुरोध गरेको छ। खानेपानीको गुणस्तर सुधार र जनस्वास्थ्य संरक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै नगरपालिकाले सबै सम्बन्धित उपभोक्ता, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थालाई सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रमा सुस्वा प्रतिनिधि उपप्रमुख धन कुमारी शाही, वडा अध्यक्षहरु ,निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम र उपभोक्ताहरुको सहभागीता रहेको थियो।

    बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी
    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • २.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ३.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ४.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ५.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ६.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.