स्थानीय बजारमा सुनको मूल्य तोलामा २ लाख ७० हजार नाघेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढ्दै २ लाख ७० हजार ३०० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
यस्तै आज चाँदीको मूल्य पनि आज २७० रुपैयाँले बढ्दै तोलाको ४ जहार ८३५ रुपैयाँ पुगेको छ ।
अघिल्लो शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।