जाजरकोट । जाजरकोटमा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र अन्तर्गत आपत्कालिन मर्मत कार्यको लागि नलगाड नगरपालिका र बोगर्छाना खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बिच कार्यन्वयन चरणको सम्झौता सम्पन भएको छ । खानेपानी समिति सेवा सहायता केन्द्रमा आवद्ध भएर मर्मतको लागी कार्यन्वयन चरणको सम्झौता भएको हो ।
वर्खा यामको समयमा क्षती भएका खानेपानी आयोजना आपत्कालिन मर्मत र पालिकामा रहेको सेवा सहायता केन्द्र मार्फत नलगाड नगरपालिका र उपभोक्ता समिति बिच कार्यन्वयन चरनको सम्झौता सम्पन भएको हो ।
सम्झौता कार्यक्रममा सुस्वा आयोजनाका वास सल्लाकार प्रमोद लाल श्रेस्ठ , वास सपोर्ट अफिसर बिरेन्द्र बटाला , प्राबिधिक गुणस्तर सहजकर्ता सन्तोष बहादुर जेठारा र वास इकाइका कर्मचारिको उपस्थिति रहेको थियो ।
उपभोक्ता समितिको क्षमता बिकासका लागी तालिम प्रदान गरि खानेपानी आयोजनालाई दिगो सन्चालन कार्यमा सेवा सहायताले काम गर्ने उदेश्य अनुसार कर्णालि प्रदेशमा सुस्वा आयोजना लागु भएका २८ वटा पालिकामा स्थापना भैसकेका छन्।