ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा ‘उज्यालो नेपाल पार्टी’ पुनर्गठन गर्दै निर्वाचन आयोगमा पुनः कागजात पेस गरिएको छ । काभ्रेका ज्ञानबहादुर तामाङले गएको साउन २७ मै दिएको निवेदनमा पार्टी पुनर्गठनको कागजात बुझाइएको हो ।
Advertisement
अन्तरिम सरकारमा तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङ पार्टीमा प्रत्यक्ष जोडिनुभएको छैन । तर, विभिन्न पक्षसँग छलफल गरी उहाँले पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दर्ता प्रक्रिया अगाडि बदाएका हुन्। ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ ।