गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूसँग उक्त छलफल भएको हो ।
Advertisement
छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।