• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

खानेपानीले फेरीएको गारापाखावासीको दैनिकी

"जीवन फेरियो, जब धारोबाट आयो पानीको पहिलो थोपा” "

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
  • अर्जुन बिष्ट 

    Advertisement

    रुकुम पश्चिम । नेपालको दुर्गम पहाडी र पिछडिएको गाउँहरूमा स्वच्छ खानेपानीको पहुँच नभएकोले सधैं नै दुःख, रोग र अशिक्षाको अभिशाप बनेको छ। तर, जब कुनै बस्तीमा खानेपानीको व्यवस्था पुग्छ, त्यहाँको जीवन नै बदलिन्छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -७ गारापाखा गाउँको कथा हो यो । जहाँ खानेपानी आएपछि  सरसफाइ , स्वास्थ्य, शिक्षा, र आर्थिक अवस्थामा ठूलो परिवर्तन आएको छ ।

    पहिले गारापाखाबासीको दैनिकी बिहानै उठेर खानेपानीको खोजीमा बित्थ्यो । वडाको दुर्गम र पिछडिएको ठाउँ भएकाले यहाँका महिला र बालबालिकाहरूको दिनको शुरुआत नै घरदेखि एक घण्टा टाढाको खोलाबाट पानी भर्ने कामले हुन्थ्यो । पहाडको छेउमा एउटा बस्ती जम्मा १५ घरधुरी जसमध्ये १३ घर दलित समुदायको बसोबास रहेको यहाँ कसैको नजर पुगेको थिएन । भौगोलिक रुपमा विकटता र थोरै सङ्ख्यामा बसोबास भएकाले यो क्षेत्र सधैं पछाडी नै पर्यो । रानाशासन देखि अहिलेसम्म घट्टेखोलाको पानी पिउन बाध्य गारापाखाबासीहरु का घरमा न शौचालय थियो । न त शुद्ध पिउने पानी नै थियो । पुर्वाधारको हिसाबले पनी यो ठाउँ दुर्गम नै थियो । शिक्षा, स्वास्थ्य, खानेपानी र यातायात बाट बञ्चित रहेको गारापाखा अहिले वडाकै नमुना  र सरसफाइ युक्त बस्तिका रुपमा चिनिएको छ । आर्थिक रुपमा समेत बिपन्न नागरिकको बसोबास रहेको गारापाखा अहिले परिवर्तनको बाटोमा अघि बढेको छ ।

    ५६ वर्षिय पठे कामीलाई  अझैँ याद छ, “हामी अझै साना हुँदा बिहान ४ बजे उठेर घट्टेखोलामा पानी लिन जान्थ्यौं। पानीको धारोमा सम्म पुग्न भिरको बाटो हिड्नुपर्थ्यो । भिरबाट ढुङ्गा खस्ने डर एकातिर हुन्थ्यो । भने अर्कोतिर पानी लिनेको लाइन लाग्थ्यो, कहिलेकहीँ  त झगडा पनि हुन्थ्यो।”  बर्खायामको समयमा त झन गाग्री बोकेर पानी लिन गएको मान्छे फर्किन्छ कि फर्किदैन भन्ने डर हुन्थ्यो । भिरको बाटोमा चिप्लने डरले मन सधैं चिसो हुन्थ्यो ।

    अर्का ससिले नेपाली भन्छन्, “खेती गर्न पानी नभएकोले अन्न पनि अभाव हुन्थ्यो। केही वर्ष अगाडिसम्म हैजा, झाडापखाला जस्ता रोगले धेरैको ज्यान गइरहेको थियो।”  हाम्रो गाउँमा पनि त्रास रह्यो । केही भैहाल्यो भने अस्पताल सम्म जान ३ घण्टा पैदल हिड्नुपर्थ्यो । बिरामीको बाटोमै ज्यान पनि जान्थ्यो  । बालबालिकाहरू पानी भर्ने धन्दामा स्कूल जान सक्दैनथे, र महिलाहरूको समय पानीको यात्रामा नै बित्थ्यो।

    गारापाखा गाउँमा वर्षौंदेखि खानेपानीको चरम अभाव थियो। गाउँभन्दा झण्डै एक घण्टा टाढा रहेको खोलाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता अनिवार्य थियो। जसले गर्दा बालबालिकाको शिक्षा, महिलाको घरेलु कामकाज, वृद्धवृद्धाको स्वास्थ्यमा यसको प्रत्यक्ष असर थियो।

     परिवर्तनको सुरुवात:  घर घरमा खानेपानी आयो 

    २०८१ सालमा आठबिसकोट नगरपालिकाले खानेपानी तथा सरसफाइ का लागि बृहत योजना बनायो । फिनल्यान्ड , नेपाल सरकार र  स्थानीय सरकार र उपभोक्ताको संयुक्त सहकार्यमा  आठबिसकोटमा एक घर एक धाराको अवधारणा तयार भयो । अति दुर्गम र पानीको चरम अभाव भएका गाउँ बस्तीलाई नगरपालिकाले पहिलो प्राथमिकता दिएर काम गर्यो । जस अन्तर्गत पालिकाभर अहिले   ४३६  वटा धारा निर्माण भएका छन्। आठबिसकोट नगरपालिका द्वारा सञ्चालित सबैका लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत नयाँ तथा मर्मत सम्भार सहित   १४ वटा आयोजना निर्माण   सम्पन्न भएका छन ।

    निजी बालमैत्री धारा ४०१ र मर्मत खानेपानी आयोजना अन्तर्गत बिधालय सहित ३५ वटा सार्वजनिक धारा निर्माण भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले जानकारी दिए । उनका अनुसार उक्त आयोजना बाट ८ सय बढी घरधुरी लाभान्वित भएका छन्।

    वर्षौं देखि  पानीको अभाव झेलेको गारापाखामा धारा निर्माण र पाइपलाइन बिछ्याइयो। यो परियोजनाले गाउँलेहरूलाई घरघरमा स्वच्छ पानी पुर्यायो।  अहिले सबैको घरमा व्यवस्थित शौचालय, भाडा सुकाउने चाङ सहित करेसाबारी बनाएका छन्। खानेपानी आए सङगै उनीहरुको दैनिक जिवनमा पनि सुधार आएको छ । गाउँदेखि झन्डै ५  किलोमिटर टाढाको प्राकृतिक मुहानबाट पानी ल्याएर अहिले एक घर एक धारा सञ्चालनमा आएका छन्। जसले गर्दा यहाँको बस्ती  स्वच्छ खानेपानीको पहुँचमा पुगेको छ । सिँचाइको लागि पनि केही धारा उपयोग गर्न थालेपछि अहिले घरछेउ मा तरकारी खेती फस्टाएको छ। यसले आयआर्जनमा समेत टेवा दिएको छ।

    स्थानीय पठे कामी आज धेरै खुसी छन, “अब मेरो छोराछोरी स्कूल जान्छन्। म पनि खेतीपातीको काम गर्छु र आफ्नो सानो व्यवसाय चलाउँछु।”  कामी भन्छन, २४ सै घण्टा घरमा खानेपानीको धारो बगिरहेको छ । सडक पनि पुग्यो । पहिलेका ती दुखका दिन अब हराउदै छन्।  एकातिर किसानलाई राहत हुने भएको छ । भने अर्कोतिर महिला सशक्तिकरण पानीको बोझ घटेपछि महिलाहरूले अरू आयमूलक काम गर्न थालेका छन्। हिजो खानेपानी भर्नमा समय बिताउने बच्चाहरू  अहिले स्कूलमा नियमित हुन थाले।

    आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी भन्छन, पानी जीवन हो, र जब पानी आयो, जीवन नै बदलिन्छ।” यद्यपि पानी आएकोले गाउँको जीवन सुध्रियो, तर अहिले पनि धेरै चुनौती छन् । चुनौती सङ्गै हामिले आठबिसकोटवासी लाई खानेपानीको पहुँचमा ल्याउन जोड दिएका छौँ । केसीले भने, पालिकामा खानेपानीको अभाव भएका क्षेत्र त्यो पनि कुनैपनी संघसस्थाको नजर नपुगेका दुरदराजका बस्तीमा खानेपानीको पहुँच पुर्याउन हामीले सबैभन्दा विकट र पिछडिएको बस्तीलाई छनौट गरेका थियौँ । जस अन्तर्गत अहिले गारापाखा र वडा नम्वर ११ को डाँडागाउँ फारुला वस्तीमा शुद्ध खानेपानीको धारा निर्माण गरेका छौँ । भुगोलका हिसाव निकै विकट मानिने यी दुई ठाउँ सङ्गै हामीले नगरपालिका भरी ६ सय बढी खानेपानीका एक घर एक धारा निर्माण गरिसकेका छौँ । वाँकी रहेका वडाहरुमा पनि क्रमश खानेपानीको पहुँच पुर्याउने लक्ष्य राखेका छौँ ।

    नगरप्रमुख केसीका अनुसार नगरपालिकाभर करिब ६ सय बढी घरधुरीमा एक घर एक धारा निर्माण भएका छन्। खानेपनीको पाइपलाइनको मर्मतसम्भार र मानिसहरूलाई स्वच्छ पानीको महत्त्वबारे जागरूक गर्न स्थानीय सरकारले ध्यान दिएको उनले बताए । गारापाखा खानेपानी आयोजना उपभोक्ताको श्रमदान सहित २८ लाख लागतमा निर्माण भएको हो ।

    एउटा दुर्गम बस्तीमा पानी आएपछि जीवन कति बदलिन सक्छ, गारापाखाको कथा त्यसको ज्वलन्त उदाहरण हो। यसले देखाउँछ कि आधारभूत आवश्यकताको पूर्तिले समुदायलाई कति अगाडि बढाउन सक्छ। अब पनि नेपालका धेरै गाउँहरूमा पानीको अभाव छ, तर गारापाखाको सफलताले आशा जगाउँछ कि परिवर्तन सम्भव छ।  खानेपानी एक आधारभूत आवश्यकता मात्र होइन, विकासको प्रवेशद्वार पनि हो। गारापाखा गाउँले देखाएको उदाहरणले देखाउँछ । जहाँ पानी बग्छ, त्यहाँ सम्भावना ।

    • खानेपानी आठबिसकोट
    सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.