रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -१ माथिगाउँका ३३ वर्षीय अजय मल्लको बिहिबार राती भिरबाट लडेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका २ मा पर्ने राम्चेडाँडा को भिरबाट लडेर मल्लको मृत्यु भएको हो ।
Advertisement
सोही गाउँको चिसापानी मा लागेको स्थानीय मेलाबाट घर फर्कदै गर्दा भिर बाट लडेर गम्भिर घाईते मल्ललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लिदैं गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।