नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानबिन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा जवाफ माग गरेका छन्। सरकारको निर्णय विपरित रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने थापाले बताए।
नख्खुकै सन्दर्भमा पनि त्यहाँ प्रहरी लगायतका अधिकारीहरू पुगेको भन्ने सन्दर्भ छ, गृहमन्त्रालयले यी दुवै विषयको सत्यतथ्य के हो भन्ने बारेमा छानबिन पनि गर्ने। राजनीतिक नेतृत्वको कमजोरी हो भने त्यो कमजोरीलाई स्वीकार गर्ने। राजनीतिक नेतृत्वले ठिक ढंगले गर्न खोजेको तल कसैले नगरेको हो भनेपनि कसले नगरेको हो? प्रमुख जिल्ला अधिकारीले नगरेको हो भने भन्नुपर्यो। प्रहरी प्रमुखले नगरेको भए प्रहरी प्रमुखले भन्नुपर्यो। कसै न कसैले जिम्मा लिनुपर्छ थापाले भने ।