दाङ । सरकारले कमिसनको भरमा उत्खनन् अनुमति दिदा जनताहरुले शास्ती ब्यहोर्नु परेको श्रमिक कम्युनिस्ट पार्टी दाङले बताएको छ । पछिल्लो समय पाल्पा रुपन्देही , कपिलवस्तु र दाङ लगाएतका जिल्लाहरुमा बन जंगल नास गर्ने , नदी नाला दोहोन गर्ने जरीबुटी बन्यजन्तुको तस्कर गर्ने सिङ्गो गाउँबस्ती नै उठिबास बनाउने कार्य चलिरहेकाले उक्त कार्य तत्काल रोक्न र उक्त कार्यबाट पिडित जनताहरुलाई उचित ब्यबस्थापन गर्न अनुरोध गरेको छ ।
Advertisement
साथै कालाबाजारी ,तस्कर , भष्टाचार दिनहु बढिरहेको बताउदै सामाजिक कुरिति र कुसंस्कारका बिरुद्ध एकजुट हुन बिज्ञप्तीमा भनिएको छ । साथै बित्तिय आतंकबाट पिडित नागरिकहरु एकजुट हुन आह्वान गर्दै राष्ट्रियता र जनजिविका सवालमा सबै नागरिक एकता बद्व हुन बिज्ञप्तीमा अपिल गरिएको छ ।
बिज्ञप्ती पढ्नुहोस
