नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै छ ।
Advertisement
सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।
असोज १२ गते विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिने छ। सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। असोज १३ गते बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ ।