• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

एसइई प्रमाणपत्र लिन आठ हजार रुपैयाँ तिर्नुपर्ने !


  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • म्याग्दी, । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयले एसइई प्रमाणपत्र लिने क्रममा विद्यार्थीबाट आठ हजार रुपियाँभन्दा बढि असुली गरेको खुलासा भएको छ । सरकारी विद्यालयबाटै चर्को शुल्क असुली भएपछि अभिभावक र स्थानीयवासी आक्रोशित बनेका छन् । उक्त विद्यालयले विगत एकदशक अघिदेखि चर्को शुल्क लिने गरेको पाइएको हो ।

    Advertisement

    विद्यालयले एसइई उत्तीर्ण भएको सर्टिफिकेट दिँदा विद्यार्थीबाट आठ हजार दुई सय पचास रुपियाँ शुल्क लिएको हो । विद्यालयले यही कात्तिक २० गते मनिका बानियाँबाट चार सय २७ नम्बरको रसिदबाट एसइई प्रमाणपत्र शुल्कबापत उक्त रकम लिएको खुलासा भएको छ । विद्यार्थीबाट चर्को शुल्क लिने उक्त विद्यालयप्रति अभिभावकले सार्वजनिक रुपमा आवाज उठाउन थालेका छन् ।

    उक्त विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँले सरकारी विद्यालयले अभिभावकबाट प्रमाणपत्रका नाममा चर्को शुल्क लिने गरेको बताउनुभयो । उहाँले विद्यार्थीबाट प्रमाणपत्रका नाममा यति धेरै शुल्क लिनु नहुने बताउनुभयो ।

    बानियाँले भन्नुभयो, ‘‘गरिब तथा विपन्न वर्गका विद्यार्थीले पढ्ने सरकारी विद्यालयले प्रमाण पत्र दिदा चर्को शुल्क लिएपछि सरकारी र निजी विद्यालयमा के फरक भयो ।’’ अभिभावकबाट विद्यालय प्रशासनलाई यसबारेमा सचेत बनाउँदा पनि अटेरी गर्ने गरेको बानियाँले बताउनुभयो ।

    विद्यार्थीबाट चर्को शुल्क असुल्ने विद्यालयप्रति बेनी नगरका जनप्रतिनिधि र सम्बन्धित निकाय मौन रहेका छन् । उक्त विद्यालयले विगतमा पनि विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क असुल्दै आएको अभिभावकहरु बताउँछन् । विद्यार्थीले प्रमाणपत्र लिँदा चर्को रुपमा शुल्क बझाउनुपर्ने गुनासो सार्वजनिक भएपछि अभिभावकले विद्यालयको आर्थिक पक्षको छानबिनको माग समेत गरेका छन् ।

    ‘‘प्रमाणपत्र लिँदा विद्यार्थीबाट उक्त रकम लिनुपर्ने भनी व्यवस्थापन समिति र अभिभावकसँग कुनै छलफल समेत भएको पाइएको छैन,’’ शिक्षक अभिभावक संघका अध्यक्ष बानियाँले भन्नुभयो ।

    यता विद्यालयका प्रधानाध्यापक कमल पौडेलले कक्षा ११ र १२ सञ्चालनका लागि विद्यालयमा आर्थिक अभाव भएपछि उक्त रकम लिने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कक्षा ११ र १२ संचालन गर्न आर्थिक समस्या छ । विद्यालयमै कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई प्रमाणपत्र वापत तीन हजार दुई सय पचास र विद्यालयबाट बाहिर अन्य विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीबाट आठ हजार दुई सय पचास रुपियाँ शुल्क लिने विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेका हौं ।’’ यो खबर आजको गोरखापत्रमा छ ।

    • शिक्षा सुधार
    सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.