चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू नेपाल फर्किएका छन्।सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार १० गते नेपाल फर्किएका हुन्।
Advertisement
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि गत शनिबार मध्यरातमा चीनका लागि गएकाे थियाे।
उनीहरू औपचारिक कार्यक्रम सकेर आगामी असोज १४ गते मात्रै नेपाल फर्कने कार्यक्रम तय भएको थियो। तर सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशीलाई पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू स्वदेश फर्किएका हुन्।