रुकुम पश्चिम । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल आठबीसकोट नगर कमिटी गठन हुने भएको छ। यही मिति २०८३ साल साउन २९ गते नगर कमिटी गठन गर्ने कार्यक्रम तय भएको हो।
राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिम कमिटीका संयोजक बिकाश मल्लले कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेका छन्।
नगर कमिटी गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आठबीसकोट पार्टी नगर कमिटीलाई अपिल गर्दै मल्लले आ–आफ्नो क्षेत्रबाट युवापंक्तिलाई राष्ट्रिय युवा संघ नेपालको आठबीसकोट नगर कमिटी गठन प्रक्रियामा समावेश गराउनसमेत अनुरोध गरेका छन्।
मल्लले नगर कमिटी गठनलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै सम्बन्धित पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।